पर्वत : वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यले ‘जे भने नि हुन्छ मलाई’ नामक एल्बम बजारमा ल्याएका छन्।
समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ। गीतमा शब्द, लय र आवाज आचार्यको नै रहेको छ।
जीवित जल्मीको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन्। भिडियोलाई दीर्घ गुरुङले छायांकन गरेका छन् भने गीतको भिडियो महसंचारकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।