|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–३ नयाँ बजारमा शुक्रबार विवाहको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

चितवन भरतपुरबाट पोखरातर्फ जन्ती लिएर जाँदै गरेको ना५ख २ नम्बरको  बस दुर्घटना हुँदा चितवनका १७ वर्षीय सन्देश खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ‘बस दुर्घटनामा गम्भीर घाइते भएका खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो,’ उनले भने।

घाइते सरोज थापाको शुक्लागण्डकीस्थित सेतीगंगा अस्पतालमा उपचार भइरहेको छ भने नवलपरासीका शान्ति गुरुङ, गंगा थापा, नरमाया थापा र दुर्गा पुनको गण्डकी अस्पतालमा उपचार भइरहेको अर्यालले बताए। उनका अनुसार जन्ती बोकेको बस आफैं अनियन्त्रित भर्इ सडकबाट करिब ५ मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.