|

ओखलढुंगा : सिद्धिचरण नगरपालिका-८ स्थित लगलगेमा निर्माणाधीन भ्यू टावर निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। समुन्द्री सतहबाट करिब २ हजार २०० मिटर भन्दा अग्लो स्थानमा रहेको भ्यू टावरको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको हो।

भ्युटावरको २०७४ असार गतेबाट शिलान्यास भई गत असारबाट निर्माण कार्य सुरु गरिएको हो। सिद्धिचरण नगरपालिका जनप्रतिनिधिले आफू निर्वाचित भएपछि दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सफत लिनु भन्दा अगाडि भ्यू टावर शिलान्यास गरेका थिए। भ्यू टावरका लागी नगरपालिका र शाक्य निर्माण सेवाबीच लागभग २३ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

हाल टावरको पिल्लर उठाउने काम भइरहेको ईन्जिनियर दिब्य श्रेष्ठले बताए। भ्यू टावर सात महिनामा सक्ने गरी निमार्णको सम्झौता भएको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीले आगामी मंसिर १५ गतेभित्र टावरको निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। 

सरमुकामको उच्च स्थानमा रहेको लगलगेमा निर्माणाधीन टावरका लागी पानी तथा सामान ढुवानीमा भने समस्या भएको टावर निर्माणमा खटिएका इन्जिनियर श्रेष्ठले बताए। उक्त स्थानमा पानीको अभाव भएकाले हालै मात्र ठूलो प्लास्टिक पोखरी निर्माण गरी आकाशे पानी जम्मा गर्ने गरिएको छ।

गिटी, बालुुवा, सिमेन्ट तथा रड लगायतका निर्माणका सामग्री भने मानिसले बोकेर पुर्‍याउने गरेका कारण निर्माण कार्यमा समस्या भएको निर्माण व्यवसायीको भनाई छ। भ्यू टावर निर्माण स्थलसम्म सावारीसाधन नपुग्ने भएकाले भन्डै १ किलो मिटर तलबाटै सामाग्रीहरु मानिसले बोकेर लाने गरेका छन्। सदरमुकामदेखि ५ किलोमिटरको दूरीमा रहेको लगलगे क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्न भ्यू टावरले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

नगरपालिकाले भ्यू टावरमार्फत जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौं बढी हिमश्रृंखला र तराइको समथर भूभाग देख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.