|

काठमाडौं : नेपाल लिटरेरी ग्रुप झापाको १६ औँ 'अनप्लग साँझ'मा यसपटक तीन कविले कविता सुनाएका छन्। शुक्रबार दमकमा आयोजीत कार्यक्रममा कविहरू राज माङ्लाक, राजु स्याङ्तान र सुन्दर कुरुपले दुई दर्जन कविता सुनाए।

राज माङ्लाकले लिम्बुनी गाउँ, प्रेम कविताको अवसान, गाउँ र सहर, साँवा खोलाको गीत, राष्ट्रियता र एउटा मिल्कि सकेको पर्स देखेपछि लगायतका कविता सुनाए। कवि राजु स्याङ्तानले गुमनाम ताराहरू, आमा तिमी मात, रेमिट्यान्स, नागरिकता, रामबहादुर मार्गलगायत कविता सुनाए।

त्यस्तै सुन्दर कुरुपले लालमाया धिमालको मुस्कान, सुनसान गाउँ, रक्सी नपिएको साझँ, बाउ, गीतार, सोल्टिनी साइली, पृथ्वीको आविस्कारलगायत कविता प्रस्तुत गरे।

लिटरेली ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले फरक-फरक परिवेशमा बसी कविता लेखिरहेका कविहरूलाई अनप्लगमा उभ्याइएको बताए। ग्रृपका सचिव विराट किरातीले पूर्वी नेपाललाई साहित्यको हब बनाउनु अनप्लपको उद्देश्य रहेको प्रस्ट्याए। उनले भने, 'हामी नियमित कार्यक्रम गरिरहेका छौँ। यसको उद्देश्य साहित्यलाई समाजसँग जोड्नु हो।'

अनप्लग साँझमा कविहरू बद्रि भिखारी, देवान किराँती, प्रकाश थाम्सुहाङ आचार्य प्रभा, श्याम सिङ्घक, नवराज मैनाली अभागि थेगुगालगायतले स्वागत तथा शुभकाम मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.