|

काठमाडौं : उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले अाफूले गरेकाे एक हस्ताक्षर फिर्ता गरेका छन्। भ्रममा पारिएर हस्ताक्षर गराइएकाे भन्दै उनले हस्ताक्षर फिर्ता लिएकाे बताएका छन्।

१४ वटा उद्याेग वाणिज्य संघले महासंघकाे कार्यशैलीविरुद्ध खेद प्रस्ताव पारित गरिएकाे भन्दै पत्रचार गरेका थिए। १४ उद्याेग वाणिज्य संघका प्रतिनिधिकाे नै हस्ताक्षर गराइएकाेमा उदयपुर उद्योग वाणिज्य संघले भने हस्ताक्षेरकाे नै गलत प्रयाेग भएकाे दाबी गरेका छन्।

संघका अध्यक्ष खड्काले माेरङ उद्याेग वाणिज्य संघलाई बाेदार्थसहित शुक्रबार महासंघलाई पठाएकाे प्रतिबद्धता पत्रमा एक कार्यक्रलाई लिइएकाे हस्ताक्षर अर्काे विषयमा प्रयाेग गरिएकाे बताएका छन्। उनले महासंघलाई अप्ठेराे पार्ने गरी याे काम भएकाे भन्दै अाफू महासंघलाई कमजाेर बनाउने कुनै काममा अाफ्नाे संलगत नहुने प्रतिबद्धता जनाएका छन्।

माेरङलगायत पूर्वका केही उद्याेग वाणिज्य संघले महासंघलाई वाइपास गरेर काम गरेकाे भन्दै महासंका पदाधिकारीले समेत असन्तुष्टि जनाएका छन्। गत साउन १९ गते पूर्वका व्यसायी महासंघकाे प्रतिनिधित्वबिना नै प्रधानमन्त्रीलाई भेटेर अाफ्ना समस्या राखेका थिए। भदाै १ गते प्रधानमन्त्री ती समस्याका विषयमा बुझ्न समितिसमेत गठन गरेकाे थियाे।

महासंघले भने निश्चित व्यक्तिहरूकाे स्वार्थमा महासंघविरुद्ध गतिविधि भएकाे र त्यसमा सचेत बनेकाे जनाएकाे छ। त्यस्तै माेरङ उद्याेग वाणिज्य संघले समसामायीक समस्याका विषयमा महासंघले काम नगरेकाे अाराेप लगाएकाे छ।

यही अाराेपलाई पुष्टि गर्न १४ उद्याेग वाणिज्य संघबाट हस्ताक्षर गराए पनि एकै दिनमा उदयपूर उद्याेग वाणिज्य संघले हस्ताक्षरकाे गलत प्रयाेग भएकाे भन्दै अापत्ति जनाएकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.