|

कपिलवस्तु : ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका-३ कर्मना तौलिहवा-४ नं सडक खण्डमा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार दिउसो तौलिहवाबाट ४ नं तर्फ जाँदै गरेको ट्याक्टरले बिपरित दिशातर्फ आउँदै गरेको लु ४ प ४७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार बिक गम्भीर घाइते भएकी थिइन्। घाइते बिकको बुटवलस्थित क्रिम्सन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रबि रावलले बताए। 

ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएकाे छ भने अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.