|

काठमाडौं :  नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)काेे वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित नगर्न अादेश दिएकाे छ। बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न पटकपटक आदेश दिइसकेको  तर, अदालत परिसरबाटै पक्राउ गरेर अर्को जिल्लामा पुर्‍याउने गरिएकोमा शुक्रबार यस्ताे अादेश जारी गरिएकाे हाे।

 न्यायाधीश अनिलकुमार सिंहा र प्रकाश राउतकाे इजालसले अदालकाे अादेकाे मर्यादा पालनाना गर्न समेत सरकारलाई सचेत गराएकाे छ। ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनका लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानुनी थुनाका सम्बन्धमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’ अादेशमा भनिएकाे छ ‘यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ ।’
साथै प्रवक्ता प्रकाण्डलाई लाई  मुख्य रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.