|

जनकपुरधाम : प्रदेश-२ को संसदले विजनेश नपाएर लगातार १३ दिनदेखि अनिश्चितकालीन समयका लागि स्थगित गरिएको बेलामा मुख्यमन्त्री र मन्त्रीहरूले जिल्ला दौडाहाबापत झण्डै ११ लाख रकम बुझेका छन्। प्रदेश सरकारका मन्त्रीहरूले महत्वपूर्ण काम नपाएपछि जिल्ला दौडहालाई प्राथमिकतामा राख्ने गरेका कारण दैनिक भत्ता खर्च आकाशिएको छ। 

मुख्यमन्त्री तथा मन्त्रीहरूले जिल्ला दौडाहालाई प्राथमिकतामा राखेर पार्टीको कार्यक्रम तथा सार्वजनिक कार्यक्रममा सरिक हुँदा समेत दैनिक भ्रमण भत्ताको खर्च अकाशिएको हो। सरकार गठन भएको गत फाल्गुनदेखि असार सम्ममा मन्त्रीहरूको जिल्ला भ्रमण झण्डै ११ लाख बुझेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार फागुनदेखि असार मसान्तको पाँच महिनाको अवधिमा मन्त्रीहरूले जिल्ला भ्रमण वापत १० लाख १४ हजार ९०० रुपैयाँ बुझेका छन्। जिल्ला भ्रमणमा सबैभन्दा बढी मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खर्च गरेका छन्। उनले पाँच महिनाको अवधिमा जिल्ला भ्रमण वापत एक लाख ७४ हजार ५० रुपैयाँ बुझेका छन्।

राउतपछि जिल्ला भ्रमणमा सबैभन्दा बढी सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक लाख ४० हजार १०० रुपैयाँ बुझेका छन्। यसैगरी कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्ला भ्रमणभत्ता बापत एक लाख १७ हजार रुपैयाँ बुझेका छन्। दुबै मन्त्री सप्तरी जिल्ला निवासी हुन्। सिरहा घर भएका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पाँच महिनामा एकलाख १० हजार ५००, बारा निवासी भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्रप्रसाद सोनारले एक लाख ८ हजार १०० र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले ४६ हजार रुपैयाँ खर्च गरेका छन्। 

यता आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जिल्ला भ्रमणमा ८६ हजार, आन्तरिक मामिला तथा कानुनमन्त्री सरोजकुमार सिंहले ६७ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले ९० हजार १५० रुपैयाँ खर्च गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.