समाज : सुरक्षा/अपराध

गुडलाइफ बिस्कुटमा गुणस्तरहीन कच्चा पदार्थ
SHARES

प्रतीकात्मक फोटो
भदौ २९, २०७५

    विराटनगर : विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले यस्तो फेला पारेको हो।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत जगदिश दाहालले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त उद्योग अनुगमनका क्रममा पाइएको गुणस्तरहीन कच्चा पदार्थ २३ बोरा नष्ट गरिएको उल्लेख छ। ‘एसियन बिस्कुट्स एण्ड कन्फेक्सनरी प्रालि उद्योगको स्टोरमा रहेको कच्चा पदार्थमध्ये गुणस्तरयुक्त नदेखिएको २३ बोरा (५० किलो तौलका) चिनी नष्टसमेत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

    टोलीले पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रालि र एसियन बिस्कुट्स एण्ड कन्फेक्सनरी प्रालिमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा देखिएका सरसफाई र स्वास्थ्य तथा अन्य विषयमा निर्देशन दिई उक्त उद्योगहरुमा उत्पादनका लागि प्रयोग हुने गरी भण्डारणमा रहेका कच्चा पदार्थ र उत्पादनको परीक्षणका लागि नमूनासमेत लिइएको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]