|

दैलेख : भदौ २९ अर्थात राष्ट्रिय बाल दिवसमा दैलेख सदरमुकाममा रहेको जनता आधारभूत विद्यालयमा अनौठो दृश्य देखियो। 'सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार' भन्ने मूल नाराका साथ मनाउन लागेको राष्ट्रिय बाल दिवसमा बालबालिकाभन्दा दिवस मनाउन आएका अतिथिले मञ्च भरिएको थियो।

जिल्लामा रहेका एक दर्जनभन्दा बढी गैरसरकारी संस्था र नारायण नगरपालिकाले आयोजनामा उक्त दिवस मनाइएको बाल दिवसमा सहभागी बालबालिकाभन्दा अतिथिले भरिभराउ भएपछि हल्लीखल्ली मच्चिएको थियो। बालबालिकाको अधिकारका बारेमा आम बालबालिकाहरूलाई जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा अतिथिले भरिभराउ भएपछि अधिकारकर्मीले नै आलोचना गरेका थिए। अधिकारकर्मीले जिल्लामा बालबालीको क्षेत्रमा काम गर्ने बिभिन्न सस्थाहरुले बाल दिवस मनाउन बजेट छुट्याए पनि बाबालिको नाममा रकम खर्च नगरेको आरोप लगाएका छन्।

नेपालले बाल अधिकार महासन्धि १९८९ लाई १४ सेप्टेम्बर मा अनुमोदन गरेर बालबालिकाको विकास र बालअधिकारको संरक्षणर बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रि प्रतिबद्धता प्रकट गरेको दिनकै आधारमा नेपालले हरेक वर्ष भदौ २९ मा राष्ट्रि बाल दिवस मनाउँदै आएको भए पनि दैलेख जिल्लामा बालबालिको अवस्थामा भने कुनै परिवर्तन हुन सकेको देखिदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.