समाज : सुरक्षा/अपराध

किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
SHARES

भदौ २९, २०७५

    पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले किशोरीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पर्वतको मोदी गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कुश्मा नगरपालिका १ पाङ घर भएका २३ वर्षीय रामबहादुर किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

    प्रहरी निरीक्षक खत्रीका अनुसार किसानले तिलाहारमा रहेको सार्वजनिक जंगलमा बिहीबार ती बालिकामाथि ललाइफकाइ बलात्कारको प्रयास गरेको र बालिका चिच्यार गुहार माग्दै घटनास्थलबाट भाग्न सफल भएकी हुन्। घटनास्थलबाट भोगेकी उनले तत्काल नै नजिकै रहेको प्रहरी चौकी देउपुरमा पुगेर घटनाको विषयमा जानकारी गराएकी थिइन्।

    प्रहरीले तत्काल नै खोजी गरेको भए पनि किसान घटनास्थलबाट भागेकोमा पछि कुश्मा नगरपालिका ६ स्थित शिवालयचोकबाट पक्राउ परेका थिए। उनीमाथि थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत पर्वतले शुक्रबार ७ दिनको म्याद थप गरी करणी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]