|

हुम्ला : जिल्ला मालपोत कार्यालय हुम्लाले कम्प्युटर प्रणालीद्वारा जग्गाधनीलाई प्रमाण पूर्जा वितरण कार्य सुरु गरेको छ। डिजिटल प्रविधिको विकाससँगै हुम्लाका सर्वसाधारणको सुविधाका लागि सहज होस् भनेर मालपोत कार्यालयले कम्प्युटरबाटै टाइप गरी जग्गाधनी प्रमाण पूर्जा वितरण सुरु गरेको जिल्ला मालपोत कार्यालयका कम्पप्युटर अप्रेटर मिमसिह नेपालीले जानकारी गराए। 

शुक्रबार खार्पूनाथगाउँपालिका-४ निवासी जीवन रोकायालाई कम्प्युटर प्रविधिमार्फत पहिलो पटक जग्गाधनी लाई लालपूर्जा वितरण गरेको जिल्ला मालपोत कार्यालय हुम्लाका प्रमुख लालप्रसाद ढकालले जानकारी दिए। 

भूमिसुधार तथा व्यवस्थापन विभागको सहयोगमा जिल्ला मालपोत कार्यालय हुम्लाले कम्प्युटर प्रणालीको सेवाबाट नेपाल सरकार ल्याउन लागेको जग्गा हदबन्दी अभियानमा अति उपयोगी हुने समेत कार्यालय प्रमृख ढकालले बताए। त्यसैगरी २०७४/०७५ सालमा मालपोत कार्यालय हुम्लाले २४ लाख राजस्व संकलनकाे दाबी गरेको छ।  

कार्यालयले घर जग्गा अन्य गरी राजस्वतर्फ १५ लाख र अन्य पुँजीगत नाै लाख रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय हुम्लाका प्रमुख ढकालले बताए। कार्यालयले सेवाग्राहीको सुविधाका लागि एकद्वार प्रणालीद्वारा कम्प्युटरबाट श्रेस्ता र पूर्जा वितरण संचालनमा आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.