|
प्रतीकात्मक फोटो

संखुवासभा : निमार्णाधिन राष्ट्रिय गौरवकको आयोजना अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस  पुखुवा  जाने सडकको ट्रयाक पन्छाउँदै गरेको एक मजदुरको मृत्यु भएको छ। बिहीबार आयोजना मार्गको बेसीबाट पुखुवा पावर हाउस जाने सडकको ट्रयाक पन्छाउँदै गरेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका  ११ का २८ वर्षीय  प्रेम बहादुर मगरको  भृत्यु भएको प्रहरीले जनाएको छ।

केही दिनदेखि लगातार आएको  वर्षाले सडकमा पहिरो झरेकाले पहिरो पन्छाउँदै गरेका मगर पहिरासँगै दुई सय मिटर तल पुगेका र  घटना स्थलमै मृत्य भएको प्रहरीको भनाइ छ। उनका आफन्त शव  बुझ्न आइनपुगेकाले शव जिल्ला अस्पताल खाँदबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवाले जानकारी दिए।

सर्पको डसाइबाट एकको मृत्यु

सुर्खेत : सुर्खेतमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकबेशी नगरपालिका ९ तालडाँडा बस्ने ६० वर्षीय बल बहादुर सोमयमगरको सर्प दंसबाट मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मगरको हातमा सर्पले डसेको थियो उनलाई उपचारको लागि क्षेत्रीय अस्पताल कालागाउँमा लगिएको र त्यही नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.