|

उदयपुरः प्रदेश १ लाई बालश्रममुक्त बनाउने अभियानमा प्रदेश सरकार लागि परेको प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। विगतमा राज्यबाट बालश्रम मुक्त बनाउन गरिएका प्रयासलाई थप सशक्त बनाउँदै प्रदेश १ लाई बालश्रम मुक्त प्रदेश बनाउने मन्त्री घिमिरेको उद्घोष छ।

शुक्रबार मोरङको धनपालथान गाउपालिका ७ मा रहेको श्री सर्वोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश १ लाई बालश्रम मुक्त बनाउने घोषणा गरेका हुन्। धनपालथा गाँउपालिका र प्रदेश सरकारको आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले भने, ‘विगतमा राज्यबाट धेर थोर प्रयास भएका थिए, धेरै नीति निर्माण भएका छन, त्यसलाई व्यवहारमा कार्यन्वय गर्दै प्रदेश १ लाई बालश्रम मुक्त प्रदेश बनाउँछौँ।’

प्रदेश सरकारले शक्ति सामार्थ्य लगाएर बालबालिकालाई शिक्षाको पहुँचभन्दा बाहिर राख्न नपाउने नीति लिएको पनि मन्त्री घिमिरेको भनाइ छ। ‘बालबालिकाले आधारभूत शिक्षा अनिवार्य पाउनु पर्छ भन्ने प्रदेश सरकारको अठोट छ,’ उनले भने, ‘त्यसको लागि मेरो सामाजिक विकास मान्त्रलय प्रतिबद्ध भएर लागि परेको छ।’

बालश्रममा केन्द्रित भएका मन्त्री घिमिरले प्रदेश सरकार बालश्रम मुक्त बनाउने अभियानमा लागि परेको भन्दै भने, ‘बालबालिका राज्यका कर्णधार हुन, उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ, कतै बालश्रमिक राखिएको भएर खबर गर्नुहोस, तिनीहरूलाई विद्यालयको पहुँचमा ल्याउने प्रदेश सरकारको काम हो।’

सोही विद्यालयमा राष्ट्रिय बाल दिवशको अवसरमा आयोजना गरिएको बालबालिकाको स्वास्थ्य परीक्षण कार्यक्रममा एक हजारभन्दा धेरै बालबालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएका छन्। शुक्रबार नै मन्त्री घिमिरेले जिल्ला शिक्षा कार्यालय सुनसरीको आर्थिक वर्ष ०७३/०७४ को अनुदानबाट राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाच्छीको ४ कोठे भवन पनि उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बालश्रम मुक्त बनाउने मन्त्री घिमिरेको जिकिर थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.