समाज

शुल्क वृद्धिकाे विराेधमा खानेपानी कार्यालय घेराउ
SHARES

भदौ २९, २०७५

    संखुवासभा : खाँदबारी नगरपालिकामा बितरण गरिएको खानेपानीमा ५३ प्रतिशत महशुल वृद्धि गरिएको भन्दै उपभोक्ताले शुक्रबार खानेपानी कार्यालय घेराउ गरेका छन्। बृहत खाँदबारी खानेपानी आयोजनाबाट वितरण हुँदै आएको खानेपानीको महशुल करिब ५३ प्रतिशत वृद्धि भएपछि चौतर्फी विरोध भएको हाे। 

    शुक्रबार  उपभोक्ताले खानेपानी कार्यालय घेराउ गर्दै पुरानै शुल्कमा खानेपानी वितरण गर्ने माग गरेका छन्। समितिले आफू खुसी शुल्क बढाएको भन्दै आपत्ति जनाएको हाे। उपभोत्ताले पहिलाकै महशुल बढी भएकाले आपत्ति जनाइरहेका बेला बृहत खाँदबारी खानेपानी आयोजनाले शुल्क वृद्धि गरेको हो। खानेपानी आयोजनाको महसुल गत साउनदेखि लागू हुने गरी महसुल वृद्धि गरेको हो। 

    महसुल शुल्क घटाउन १३ बुँदे माग पत्रसहित ६ दिनको अल्टिमेटम दिएको संघर्ष समितिका अध्यक्ष योगराज खड्काले बताए। उनले भने,' खानेपानी तथा सरसफाइ संस्था दैनिक ३ घण्टा पानी उपलब्ध गराउने बताए पनि नियमित रुपमा पानी समेत आएको छैन।' उनले थपे, 'पैसा हुनेले  तिर्ने सक्लान तर बिहान बेलुका छाक टार्ने मुस्किल भएकाले कसरी तिर्ने?' 

    उपभोक्ताले महसुल शुल्क घटाउन पर्ने, न्यूनतम शुल्क बढाउनु पर्ने, नियमित र स्वच्छ पानी दिनु पर्ने जस्ता माग राखेका छन्। उता उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र गुरुङले आयोजना निर्माणको चरणमा पटक पटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमित गरिएको बताए। उनले थपे नगर विकास कोषको ऋण तिर्ने पर्ने भएकाले पनि कुनै हालतमा शुल्क नघट्ने बताए।

    संस्थाले न्यूनतम ५ युनिट सम्मको प्रतिमहिना १५० बाट २३० रुपैयाँ बढाएको हो। त्यसैगरी ६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रुपैयाँ रहेकोमा हाल ७० रुपैयाँ पुर्‍याएको छ। उपभोत्ताको ५ प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको छ। ११ देखि २० युनिट सम्मको प्रतियुनिट १०५ रुपैयाँ पुर्‍याएको छ। यसअघि प्रतियुनिट ७२ रुपैयाँ लिइँदै आएको थियो।

    प्रतिमहिना २३० रुपैयाँमा १० युनिटसम्म पानी दिनुपर्ने उपभोत्ता सन्तोष चापागाईकाे गुनासो छ। संस्थाले जडान शुल्क भन्दै उपभोक्ताबाट अग्रिम ५ प्रतिशत रकम दुई करोड १५ लाख उठाइएको छ। आयोजना सञ्चालनका लागि नगर विकास कोषबाट २० करोड दुई लाख रुपैयाँ ऋण लिएको थियो। संस्थाले सो ऋण १५ वर्ष भित्रमा तिर्नुपर्ने छ। भोरिएसन अडर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम करिव ४६ करोड ५१ लाख रुपैयाँ खर्च भइसकेको खाँदबारी खानेपानी संस्थाका अध्यक्ष गुरुङले जानकारी दिए।

    उक्त खानेपानी मुहान खाँदबारी देखि ४३ किलोमिटर दूरी मकालु गाउँपालिका-५ मांसिमाको सिमाली खोलाबाट पानी ल्याइएको हो। संस्थाले खाँदबारी नगरपालिकाको एकदेखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापानीका करिव दुईहजार ५०० धुरी लाभान्वित छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]