|
फाइल फोटो

पोखरा : गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासको घट्टेखोलामा आएको पहिरोले ६ घर बगाएको छ। तीन दिनदेखिको अविरल वर्षापछि शुक्रबार साँझ ८ बजे एक्कासी पहिरो आई घट्टेखोला गाउँका ६ घर बगाएको चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्।

‘पानी असाध्यै परेको तीन दिन भयो’ उनले भनिन् ‘अघि ८ बजेतिर एक्कासी खोला सुसाएर आयो। गाउँलेहरू के भएर भनेर बाहिर निस्कन नपाउँदै घट्टेखोला त गाउँमै पसिभ्याएछ। हेर्दाहेर्दै घर लगिहाल्यो। अहिले घट्टेखोला नै गाउँमा पसेको उनले जानकारी दिइन्। रनबहादुर गुरुङ, मैयाँ गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको हो।

‘गाउँलेको बिजोक भएको छ’ थाहा खबरसँग कुरा गर्दै उनले भनिन् ‘सामान पनि निकाल्न पाएनन्। मान्छे जसोतसो बाँचेको छन्। घर भएको ठाउँमा खोला देखिन्छ। अहिले केही केही घरको सामान फिलीम गाउँबाट आएको गाउँलेको सहयोगमा डाँडामा सारेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.