|

काठमाडौं : नेपाल वायुसेवा निगम संचालक समिति सदस्यमा मदन खरेल नियुक्त भएका छन्। शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गरेकाे हाे।

संचालक समितिमा रहेका पर्यटन सचिवलाई हटाएर खरेललाई नियुक्त गर्ने निर्णय भएकाे संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बताए। खरेल यसअघि खुला प्रतिस्पर्धाबाट निगमको प्रवन्ध निर्देशकमा नियुक्त भएका थिए। तर, उनले पूरा कार्यकाल काम नगरी बीचमा राजीनामा गरेका थिए।

स्राेतका अनुसार संचालक समिति सदस्य वा याेग्यता पुगेकाे व्यक्तिलाई संचालक समिति अध्यक्ष बनाउन मिल्नेमा खरेललाई नियुक्त गरेर त्यसकाे प्रकिया सुरु गरिएकाे हाे।

मन्त्री अधिकारीले झापाका खरेललाई अध्यक्ष  बनाउन चाहेको पर्यटन मन्त्रालयका अधिकारीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.