|

कञ्चनपुर : बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ।

नयाँ पत्रिका दैनिकका अनुसार तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ। रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागकोहो।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ। घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए। एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ। बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने  तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.