|

सिन्धुली : नापी कार्यालय सिन्धुलीले अाफूले प्रदान गर्ने सेवाका बारेमा चार भाषामा अडियोबाट जानकारी दिन थालेको छ। कार्यालयले नेपाली, तामाङ, मगर र दनुवार भाषामा कार्यालयले दिने सेवाबारे जानकारी दिन सुरु गरेको हो ।

नागरिक वडापत्रमा लेखिएका कुरा पढ्न नसक्ने र नेपाली भाषा सजिलै नबुझ्नेहरुलाई सहज होस् भनेर विभिन्न भाषामा बडापत्र रेकर्ड गरिएको  कार्यालयका प्रमुख छत्रबहादुर लुङ्गेलीले जानकारी दिए। जिल्लामा बहुल संख्यामा रहेका जातजातिलाई मध्यनजर गरेर बडापत्र रेकर्ड गरिएको उनले बताए। याे सेवा कार्यालय समयमा मात्र दिइने उनको भनाइ छ।

यसैगरी कार्यालयले सेवाग्राहीकै सहजताको लागि टोकन प्रणालीको समेत सुरुवात गरेको लुङ्गेलीले जानकारी दिए। टोकन प्रणाली सुरु भएसँगै अब सेवाग्राहीले आफ्नो पालोअनुसार सेवा लिन पाउने भएका छन्। 'टोकन प्रणालीका कारण पहुँच हुनेले पालो मिच्ने समस्या आउने छैन', प्रमुख लुङ्गेलीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.