|

पर्वत : कालीगण्डकीमा आएको बाढीले म्याग्दी सदरमुकाम बेनी बजारलाई कटानबाट जोगाउन निर्माण गरिएको कंक्रिट वाल भत्काएपछि स्थानीयबासी आफैँ तटबन्धको काममा लागेका छन्।

नदीको कटानका कारण बेनी बजारमा कालीगण्डकी तटमा रहेका झण्डै एक सय भन्दा बढी घर उच्च जोखिममा परेपछि स्थानीयबासीले नै जाली भर्नेसहित पर्खाल लगाउने काम गर्न शुरु गरेका हुन्। उनीहरूले गत बिहीबारबाट नै नदीको किनारमा ढुंगाको अस्थायी पर्खाल बनाउनुका साथै ‘ग्याबिन’ जाली भरिरहेका छन्। 

कालीगण्डकीको थप कटान रोकेर बस्तीलाई सुरक्षित बनाउनको लागि बेनी नगरपालिकाले पनि स्थानीय नागरिकहरूलाई जनश्रमदान गरी सुरक्षित गर्न अनुरोध गरेको थियो। 

गत बुधबार दिउँसोदेखि साँझसम्म मुस्ताङको तल्लो भाग र म्याग्दीको उपल्लो भागमा भएको भीषण वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले बेनी बजारलाई जोगाउन गत वर्ष तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको साढे सात मिटर अग्लो 'कंक्रिट वाल' बगाएको थियो। उक्त वालको मर्मत र पुनर्निर्माणको लागि अब झण्डै पाँच करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.