|

गुल्मी : बाग्लुङको भीमगिठेमा पहिरोका कारण थुनिएको  बडिगाड खोलाबाट पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको छ। अहिले करिब ३० प्रतिशत पानी बगेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

बाग्लुङको बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको वडा नं १ तुरतुरेमा शुक्रबार राति माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेको हो। माथिबाट पहिरो खसेपछि गुल्मी र बाग्लङका हजारौ स्थानीयबासीहरू त्रासमा बस्न बाध्य थिए।

बाग्लुङ साथै गुल्मीका  मजुवा, चोकाटे, खैरैनी, रुद्रबेनीसँगै रिडीसम्मका स्थानीय बासिन्दा चिन्तित थिए। गुल्मीतर्फका  खोला किनारका बासिन्दालाई राति स्थानान्तरण गरिएको  प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख दिपक बस्नेतले जोखिम कम हुदै गए पनि सजक र सर्तक रहन स्थानीयहरुलाई आग्रह गरेका छन्। 

 पहिरोले बडिगाड खोला थुनिँदा सयौँ घर जोखिममा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.