|

सिन्धुली : कटारी नगरपालिका–७ रिस्कुमास्थानीय कालीखोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ।

शुक्रबार बेलुकी खोलाले बगाउँदा रिस्कु दनुवार बस्तीकी  ६९ वर्षीया बुद्धिमाया दनुवारको मृत्यु भएको हो। छोरीको घर जान लाग्दा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

घटनास्थल कटारी नगरपालिकाबाट झण्डै १० किलोमिटरको दूरीमा पर्छ। अहिले प्रहरीको टोली घटनास्थल जाँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.