|

नवलपरासी : शुक्रबार मध्याह्न १२ बजेदेखि घरबाट बेपत्ता भएकी सरामवल गाउँपालिका–३ पटनीकी २४ वर्षीया विष्णुमाया चौधरी मृत फेला परेकी छन्।
 

बेपत्ता भएपछि उनको खोजी सुरु गरिएको थियो। खोजतलासको क्रममा शुक्रबार राति करिब ८ बजे विष्णुको शव वडा नं. १ खखरपुरा र वडा नं. ३ पटनीको सीमामा रहेको घोलामा हातमा सलले बाँधेको अवस्थामा घोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पाष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.