|

हुम्ला : चंखेली गाउँपालिका-६ को नेक्पामा पहिरो जाँदा चारजना बेपत्ता भएको आशंका गरिएको छ। शुक्रबार राति भएको वर्षाका कारण गएको पहिरोमा परी चारजना बेपत्ता भएको प्रारम्भिक खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

उनले भने, पहिरोले धरै घरहरू बगाएको भन्ने खबर पाएका छौँ।' उनले थपे, 'गाउँपालिकाको केन्द्रबाट समेत निकै टाढा भएको र गाउँमा टेलिफोन नलाग्ने भएको हुनाले विस्तृत जानकारी आउन बाँकी छ।' उनका अनुसार घटनास्थलको थप जानकारीका लागि अहिले सदरमुकाम सिमकोटबाट हेलिकोप्टर पठाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.