|

जाजरकोट : जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दर्जन पुलहरू मर्मतको अभावमा दुर्घटना बढेका छन्। जिल्लाको नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा रहेका झुलुङे पुलहरू जीर्ण हुँदा दुर्घटना निम्तिएका छन्।

नलगाड नगरपालिकाको वगरादेखि रुकुमको आठविसकोट राडी बीचमा रहेको भेरी नदीको पुल, चौखा खोलामा रहेको पुल, तल्लुमा रहेको पुल जीर्ण भएका छन्।त्यस्तै बारेकोट गाउँपालिकाको घाटमा रहेको पुल, काउलीमा रहेको पुल, छेडाखोलामा रहेको पुल जोखिममा रहे पनि मर्मतगर्नेतर्फ सरोकारवाला निकायको ध्यान गएको छैन। 

दैनिक पुलबाट पशुचौपाय समेत नदीमा खस्ने गरेको नलगाड नपा ८ का जसुन्त खत्रीले बताए। गाउँ गाउँमा खच्चडमा दैनिक उपभोग्य सामग्री लिँदा खच्चड नदीमा महिनै पिच्छे पर्ने गरेको उनको भनाई छ।  स्थानीय सरकार नहुँदा तत्कालीन जिल्ला विकास समितिले वर्षेनी मर्मत गदै आएका झुलुङे पुलहरूअहिले मर्मत कार्य रोकेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.