हवाइ ट्रान्जिट हबको लागि निजगढ विमानस्थल : मन्त्री अधिकारी

|

काठमाडौं : वर्षौंदेखि चर्चामा रहेर पनि काम हुन नसकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी सात वर्षमा बनिसकिने संस्कृत पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणले जनाएको छ। यसको लागि सरकारका तर्फबाट हुने काम समयमै सम्पन्न गर्नु पर्ने  प्राधिकरणको शर्त रहेको छ।

पव्लिक, प्राइभेट पाटनरसिप (पिपिपी) मोडेलमा बनाउने तयारी गरिएको विमानस्थल न्यूनतम सात वर्षको अवधिमा बनाउन सकिने प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए। 'साइड किलियर गर्न अबको दुई वर्ष र निर्माण सम्पन्‍न गरी संचालनमा  ल्याउने काम थप पाँच वर्षमा गर्न सकिन्छ' गौतमले भने 'यसको लागि सरकारी तवरबाट हुने काम समयमै सकिदिनु पर्‍यो।'

संस्कृति पर्यटन तथा नागरि उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सरकार जतिसक्यो छिटो सक्ने गरी परियोजना निर्माणमा जुटेको बताए। 'संसारमा परियोजनाको निर्माण अवधि ५/७ वर्ष छ, हामी कहाँ ४० वर्ष सम्मपनि लागि रहेको छ, अब हामी त्यसो गर्न चाहदैनौ' अधिकारीले भने।

उनले एउटा काम सकेर अर्को गर्छुभन्दा समय लाग्ने गरेको बताउँदै सबै आयाम एकैपटक चलाउने बताए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्ने माध्यमको एक हुने बताउँदै जति सक्यो छिटो काम गर्ने योजनामा रहेको बताए। उनले यो विमानस्थललाई नेपालमा अन्य कुनै विमानस्थलसँग दाँजेर हेर्न नमिल्नेसमेत बताएका छन्। 'एसियाकै सबैभन्दा राम्रो पोटेन्सियल भएको ठाउँ निजगढ विमानस्ल हो, मन्त्री अधिकारले भने 'यो विमानस्थललाई ट्रान्जिट हब बनाइन्यो भने यसले नेपालको अर्थतन्त्रमा कायपलट गर्छ।'

उनले वातावरणमा सबैभन्दा कम असर पार्नेगरी विमानस्थल निमार्णमा आफू सचेत भएको बताएका छन्। अहिले विमानस्थल निर्माणको लागि पहिलो चरणमा करीब सात लाख रुख तथा बुट्यान काट्नु पर्ने वातावरणीय प्रभाव मूल्यांकनमा देखिएको छ। जसअनुसार एक लाख ९४ हजार सालका रुख र पाँच लाख ६७ हजार साना रुख काट्न पर्ने उल्लेख गरिएको छ।

मन्त्री अधिकारीले अघि बढिसकेका पोखरा र गौतमबुद्ध विमानस्थल अब कसै गरी नरोकिने अवस्था पुगेकोले यो विमानस्थल पनि त्यस्तै गरी अघि बढाउन चाहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.