|

धनकुटा : प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुस्तकालयको स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाको सातौँ वार्षिक साधारणसभा, श्रष्टा सम्मान, स्मारिका विमोचन एवं काव्य गोष्ठीको उद्घाटनमा उनले पुस्तकालयलाई इ-लाइब्रेरीमा विकास गर्नुपर्ने बताएका हुन्। 

मन्त्री घिमिरेले राज्य पुन:र्सरचनाले धनकुटालाई केही असर पारे पनि हालसम्म नागरिकतामा ठेगाना परिवर्तन गर्ने बाहेक काम हुन नसकेकाले सबै हल हुँदै जाने बताए। राजनीतिक रुपमा देशमा परिवर्तन भएर संघीयताआए पनि मानसिक रुपमा संघीयता आत्मासात नगर्दा समस्या भएको बताए। कुरा बुझेर बुझ पचाउने संक्रमणभित्र देश रुमलिएको उनले बताए।

तीन तहको सरकारको अभ्यास गरिरहेको बेला प्रदेश सरकार विलकूल नयाँ अभ्यास भएकाले यसको व्यवस्थापनदेखि लिएर धेरै जटिलता आएको मन्त्री घिमिरेले बताए। प्रदेश सरकारले गर्ने भनिएका निर्दिष्ट काम संविधानमा उल्लेख भए पनि काम गर्नका लागि चाहिने ऐन, कानुन, नियम निर्देशिका र त्यसका लागि चाहिने प्रशासनिक संयन्त्र तयार भइ नसकेको कारणले केही असजिलो भएको पनि मन्त्री घिमिरेले बताए। 

मन्त्री घिमिरेले धनकुटामा गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय सबैको पहिलो रोजाइको पुस्तकालय बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.