दमक(झापा) : कञ्चनपुरकी किशाेरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा प्रदर्शन भएकाे छ। शनिबार युथ नेटवर्कको संयोजनमा झापाको दमकमा विरोध कार्यक्रम भएकोे हाे।
दमकस्थित गणतन्त्र चाेकमा स्वतस्फूर्त रुपमा उपस्थित युवाले विराध प्रदर्शन गरेका हुन्। घटनाको छानविन र वास्तविक दोषी पत्ता लगाउन सरकार उदासीन देखिएकाले दबाब स्वरुप कार्यक्रमको अयोजना गरिएको युथ नेटवर्कका संयोजक सन्तोष दुलालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।