|

काठमाडाैं : सेमिफाइनलमा नेपाललाई पराजित गर्दै फाइनल पुगेको माल्दिभ्सले भारतलाई हराउँदै दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सले १२ औं संस्करणको उपाधि जित्ने क्रममा भारतलाई २–१ ले पराजित गर्यो। 

शनिबार भएको फाइनलमा साबिकको उपविजेता भारतमाथि रोमाञ्चक जित निकाल्ने क्रममा माल्दिभ्सले बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो हाफमानै एकगोलको अग्रता बनाएको थाियाे। उसका लागि इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे। भारतका सुमित पसाईले एक गोल फर्काए।

माल्दिभ्सले दुवै हाफमा एक एक गोल गरेको थियो। खेलको १९ औं मिनेटमा  महुधीले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए। खेलको ६६ औं मिनेटमा फसिरले आकर्षक गोल गर्दे माल्दिभ्सको अग्रता दोब्बर बनाए। खेलको इन्जुरी समयमा भारतका सुमितले अर्को एक गोल फर्काएका थिए।

योसँगै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। भारत भने आठौं पटक साफको उपाधि जित्नबाट बन्चित बन्यो । कीर्तिमानी ११ औं पटक फाइनल पुगेको भारतसँग् माल्दिभ्सले समहुचरणको हारको बदला समेत लियो। साफको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएर फाइनल यात्रा तय गरेको थियो। समूह चरणमा एक अंक जोडे पनि गोलाप्रथाबाट सेमिफाइनल पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.