|

हेटौँडा : गाँजाखेती विस्थापित गर्न मकवानपुरको एक दुर्गम गाउँपालिकाले कृषिमा तीन करोड रुपैयाँभन्दा बढी रकम विनियोजित गरेको छ।

जिल्लाको विकट एवं गाँजा प्रभावित कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका निम्ति कृषि क्षेत्रको विकासका लागि दुई करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ। गाँजाखेती विस्थापित गर्न संघीय सरकारले उक्त गापालाई १३ लाख र प्रदेश सरकारले ४० लाख विनियोजन गरेको समाचार कान्तिपुर दैनिकमा छ।

‘गाउँपालिकालाई गाँजामुक्त बनाउन चालु आवमा संघीय, प्रदेश र गाउँपालिकाल गरेर कृषि क्षेत्रमा अर्थात् नगदेबालीका निम्ति तीन करोड चार लाख रुपैयाँ रकम विनियोजन गरेको छ,’ गापा अध्यक्ष टंकबहादुर मोक्तानले भने, ‘यो वर्षदेखि गाउँपालिकाबाट गाँजाखेती विस्थापित गरिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.