इंग्लिस प्रिमियर लिगमा सुरुवातबाटै आक्रमक प्रदर्शन गर्दै आएको लिभरपुलले आफ्नो अपराजित यात्रालाई पाँचौ खेल सम्म जारी रोखेको छ। आइतबार वेम्बलीमा भएको खेलमा लिभरपुलले लिएको दुई गोलको अग्रतालाई जोगाउन सफल हुँदा प्रतियोगितामा १५ अंक बनाउँदै शिर्ष स्थान कायम राखेको छ। जितसँगै लिभरपुलले १९९०–९१ को सिजनपछि पहिलो पटक पाँच मध्ये सबै पाँच खेलमा जित निकाल्यो।
पहिलो हाफमा अग्रता बनाउने क्रममा लिभरपुलका लागि जर्जिनिओ विजनाल्डमले पहिलो गोल गरेका थिए। विजनाल्डमको प्रहारलाई गोलरक्षकले क्लियर गरेपनि गोललाईन टेक्नोलोजिको सहयोगमा लिभरपुलले अग्रता बनाउन सफल भयो। उनको प्रहारलाई गोलरक्षकले गोललाई क्रस गरेपछि क्लियर गरेको देखिएपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनायो। लिभरपुलले दोस्रो हाफमा अग्रता दोब्बर बनाउने क्रममा रोबर्टो फिरमिनोले गोल गरे। फिरमिनोले ५४ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए।
लिभरपुलले दुई गोलको अग्रता बनाएपनि अन्तिम समयमा टोटनह्यामले गोल फर्कायो तर उसको गोल बराबरीका लागि पनि पर्याप्त भएन्। टोटनहह्यामका लागि एरिक्सनले अक्तिरिक्त समयमा गोल गर्दे खेललाई १–२ को अवस्थामा टिमलाई पुर्याए तर उसले थप गोल गर्न असफल हुँदा एक अंक लिन असफल भयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।