|

फिलिपिन्समा म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ। आँधीले फिलिपिन्सको उत्तरी क्षेत्र अस्तव्यस्त बनाएको छ। लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ।

आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ। आँधीसँगैको भारी वर्षाका कारण ५० लाख मानिस प्रभावित भएका छन्।
हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। १ सय ८५ किलोमिटर प्रतिघण्टामा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन्।

आँधीकै कारण हवाई सेवाहरु अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति बन्द भएको छ। मौसमविद्हरुले भारी बर्षा अझै केही दिन रहनसक्ने भएकाले सर्वसाधारणलाई सचेत हुन अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.