|

कञ्चनपुर : भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकको महकाली नदीमा माछा मार्नेक्रममा बगेर ४० वर्षीय भारतीय नागरिक बेपत्ता भएका छन्।

शनिवार साँझ भारतको उधमसिंह नगर शक्तिफाराम–५ सुरेन्द्रनगर तहसिल सितारगञ्ज घरभै ब्रह्मदेवमा सिकर्मीको काम गर्दै आएका कार्तिक बाग महाकाली नदीमा बगरे बेपत्ता भएका हुन्।

बागसँगै माछा मार्न गएका स्थानीयले नदीमा बगेको जानकारी प्रहरीलाई दिएपछि उनको खोजी कार्य गरिएको छ। नदीमा बगेका बाग आइतबार बिहानसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.