|

स्पेनिस लालिगा फुटबलमा साबिक च्याम्पियन बार्सिलोनाले संघर्षपुर्ण जित निकाल्दा अर्को उपाधि दाबेदार रियल म्याड्रिड भने बराबरीमा राेकिएकाे छ। बार्सिलोनाले स्पेनिस लालिगामालगातार र्चौथो खेलमा चौंथो जित निकाल्दै शिर्ष स्थानमा कायम छ। समान खेलबाट एक बराबरी खेलेको रियल म्याड्रिड १० अंकका साथ दोस्रो स्थानमा रहेको छ।

शनिबार भएको खेलमा बार्सिलाेना रियल सोसिडाडसँग १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दे २–१ को जित निकाल्न सफल भयो। रियल सोसिडाडको मैदानमा बार्सिलोनामाथि सोसिडाडले उत्कृष्ट प्रदर्शन गरेको थियो। बार्सिलोनाको जितमा लुइस स्वारेज र ओसुमाने डेम्बेलेले समान एक–एक गोल गरे।

खेलको १२ औं मिनेटमा एलिसटोन्डोको गोलबाट सोसिडाडले सुरुवाति अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो। खेलको ६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। त्यसको ३ मिनेट नबित्दै ६६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई निर्णायक अग्रता दिलाएका थिए। जितसंगै बार्सिलोनाले ४ खेलबाट १२ अंक जोडेको छ।  बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ। सोसिडाडको ४ खेलबाट ४ अंक छ।

बिल्बाओसँग रोकियो रियल

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा रियल एट्लेटिको बिल्बाओसंग १–१ गोलको बराबरीमा रोकिएको हो। बिल्बाओको घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा रियलले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि जित निकाल्न भने असफल भयो।

३२ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाति अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ६३ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई खेलमा फर्काए।  त्यसपछि दुवै टोलीले थप गोल गर्न असफल हुँदा अंक बाँडन पुगे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.