|

गुल्मी : जिल्ला कारागार गुल्मीमा रहेका  बन्दीहरुलाई  लागुऔषध सम्बन्धी प्रशिक्षण दिइएको छ। 

जिल्ला प्रहरी कार्यलय गुल्मीले कारगारमा रहेका बन्दीहरुलाई लागुऔषधको प्रयोगले के गर्छ , यसका समस्या र समाधानका बारेमा प्रशिक्षण दिईएको जनाएको छ। प्रहरी नायब उपरीक्षक रोशन खड्काका अनुसार कारागारमा रहेका बन्दी तथा थुनुवाहरु कारागारबाट छुटेर गईसकेपश्चात पनि समाजमा कसरी घुलमिल बन्ने र लागुऔषधको बारेमा राम्रोसँग जानुन् भन्नका लागि यस्तो अभियान थालिएको बताए।  

जिल्ला कारागार गुल्मीका जेलर गोपाल पाण्डेले कारागारमा रहेका ५२ जनालाई दिइएको प्रशिक्षणले लागुऔषध सेवनका कारण ज्यान, धन ईज्जत समेत जाने रहेछ र यसबाट टाढै बस्नु पर्ने बारेको जानकारी दिइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.