|

सुनसरी : इनरुवामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको को२८प २८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकनजिकै रहेको रुखमा ठोकिएको थियो।

मोटरसाइल दुर्घटनामा परी सुनसरीको रामधुनी नगरपालिका-१ का २१ वर्षीय राजन चौधरीको मृत्यु भएको हो। चौधरीको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ठेगाना खुल्न नसकेका सागर परियारको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.