|

मनाङ : भदौ २७ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण मनाङ सञ्चारविहीन भएको छ। 

मनाङ जिल्लाको नासों गाउँपालीकाका सबै वडाहरु सञ्चारविहीन भएका हुन्।  नेपाल दुरसञ्चार प्राधिकरण सिधै लमजुङसँग जोडिएकोले अप्टीकल फाईवर टुट्न गएको दुरसञ्चार कार्यलय मनाङले जनाएको छ। 

गाउँपालीकाका ताल, खोत्रो, नाचे, धारापानी, ओडारगाउँ, तिल्चे ताचैलगायत सबै गाउँहरु सम्पर्कविहीन भएका छन्। टेलीफोन टावर समेत सञ्चालनमा आएका छैनन्। वर्षाले यातयतको सम्बन्ध टुटेसँगै सञ्चारले पनि साथ छोडेको नासों गाउँपालीका अध्यक्ष चन्द्र घलेले बताए

नेपाल दुरसञ्चार माताहतका प्रिपेड, पोस्पेट र सिडीएमए सेवा सञ्चालनमा भए पनि जनाताले सधैँ सास्ती झेल्नु परेको स्थानीय अनिता लामाले बताइन्। प्राधिकरणले भने आफुहरुसँग प्राविधिक नभएको र  बाहिरबाट मगाउँदा समय लाग्ने  जनाएको छ। जनतालाई सास्ती नहोस भनि पोखराबाट प्राविधिक मगाएको तर बाटोका कारण आइनपुगेर ढिला भएको जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.