|

उदयपुर : शुक्रबार सर्वोच्चको आदेशमा रिहा भएलगत्तै पक्राउ परेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई उदयपुर पुर्‍याइएको छ। नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विश्वकर्मालाई प्रहरीले  सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेरको थियो।

उनलाई कहाँ लगिएको छ भनेर स्पष्ट पारिएको थिएन। निर्वाचनताका  विद्युतीय एम्वुस थापेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनलाई उदयपुर लगिएको बताइएको छ।

उदयपुरमा ०७४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्कालाई लक्षित गरेर माइन बम प्रहार भएको थियो। त्रियुगा नगरपालिका १० स्थित बेलदोभानमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा खड्कामाथि बाबरीमा अज्ञात समूहले माइन बम प्रहार गरेको थियो। 

प्रकाण्ड पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ, भिडियो 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.