|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको जेरो किलो हुँदै सिन्धुपाल्चोकको मेलम्ची जोड्ने करिव २२ किलो मिटर सडकखण्ड झन् जीर्ण बन्दै गएको छ।

धेरै मात्रमा मालबाहक गाडी गुड्ने गरेको उक्त सडकखण्ड वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्य हुने भएकाले स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। यस सडकखण्डमा गह्रुँगो मालबाहक गाडी गुड्ने गरेकाले सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको स्थानीयवासी चन्द्र सापकोटाले बताए।

सडक जीर्ण अवस्था भएकाले विद्यार्थीहरुले पनि समस्या ब्यहोर्दै आएका छन्। सडकमा पाइलैपिच्छे ठूल–ठूला खाल्डा भएका कारण साना तथा ठूला सवारी साधनका साथै एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको छ। 

सडकको धेरैजसो ठाउँमा ठूला–ठूला खाल्डो भएका कारण बिरामी बोक्ने एम्बुलेन्स छिटो गुडाउन नसक्दा समयमा नै अस्पतालमा पुर्‍याउन नसकेर बिरामीको अवस्था गम्भीर हुने अवस्था ब्यहोर्नु परेको एम्बुलेन्स चालकहरुको भनाइ छ। काभ्रेको मण्डन देउपुर नगरपालिकाको कुन्ता नजिकैको सडकखण्डको सडक बीचमै विद्युत प्रसारन लाइनको पोल रहेको कारण त्यसबाट दुर्घटना निम्तिन सक्ने खतरा रहेकाले छिट्टै व्यवस्थापन गर्नुपर्ने स्थानीय विष्णु सापकोटा बताए।

एसियाली विकास बैंक र नेपाल सरकारको लगानीमा सडक निर्माण कार्य भइरहेको भए पनि ढिलासुस्ती र निर्माण कम्पनीले वर्षायाममा काम गर्दा झनै हिलो बढेको स्थानीयको भनाइ छ। यस सडक काभ्रेपलाञ्चोक भएर सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुलगायतका ठाउँ जाने मुख्य सडक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.