|

काठमाडौं : झरना थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ए मेरो हजुर ३ को कलाकार छनोटको काम धमाधम भइरहेको छ। सुपरस्टार नायक अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहने फिल्मको केही दिन अघि मात्र पोखरामा शुभ मुहूर्त गरिएको थियो। सुहानाले यसै फिल्मबाट डेब्यु गर्दै छिन्।

अनमोल र सुहाना फिल्ममा मुख्य भूमिकामा देखिए पनि अन्य कलाकारको भने तय भइसकेको थिएन। शुक्ररबार मात्र फिल्ममा नायक सलोन बस्नेत अनुबन्धित भएको खबर बाहिरिएको थियो। ए मेरो हजुर २ मा पनि अभिनय गरेका सलोनले ए मेरो हजुर ३मा पनि अभिनय गर्ने पक्का भएको छ।

त्यस्तै, नायिका झरना थापाले ए मेरो हजुर ३ को लागि कलाकार अर्पण थापा र रविन्द्र झालाई पनि अनुबन्धित गरेकी छिन्। फिल्मको कथाअनुसार नै कलाकाहरुको छनोट गरिएको निर्देशक झरना बताउँछिन्।

'सुहाना फिल्मस्'को व्यानरमा निर्माण हुने यस फिल्ममा सुनीलकुमार थापाको लगानी रहने छ। फिल्ममा एक सेलिब्रेटी र फ्यान विचको प्रेमकथालाई प्रस्तुत गरिनेछ। फिल्मले चैत २९ गतेलाई प्रदर्शन मिति तय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.