|

जनकपुरधाम : जनकपुरधामको एक होटलबाट प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामपटना बससेवाको शुभारम्भ गरेका छन्। जनकपुरको होटल सीताशरणबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम र बिहारको राजधानी पटना जोडने जनकपुरपटना बससेवा शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री लालबाबु राउत र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आइतबार सीताशरण होटेलबाट हरियो झण्डा देखाएर जनकपुरधामपटना बससेवाको उद्घाटन गरेका हुन्। नेपाल-भारत मैत्री बससेवा नाम दिइएको उक्त बस मञ्जुश्री प्रालि काठमाडौंले बस उपलब्ध गराएको हो। जनकपुरबाट छुट्ने बस महोत्तरीको जलेश्वर, भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटना जाने रुट निर्धारण गरिएको छ।

जनकपुरबाट बिहान १० बजे तथा राति ८ बजे बस छुट्ने तथा पटनाबाट जनकपुरका लागि बिहान ४ बजे, र अपरान्ह ३ बजे र राति ९ बजे बस छुट्ने समयतालिका निर्धारण गरिएको छ। जनकपुरधामपटनाको भारु २७५ निर्धारण गरिएको छ।

बससेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले नेपाल-भारत मैत्री बससेवाले नेपाल र भारतबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएको बेला जनकपुरधामपटना र काठमाडौंबोधगया बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए।

मोदीले घोषणा गरेको चार वर्षपछि बससेवा सुरु भएको हो। तर, यसअघि केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले राजकीय भ्रमणको क्रममा शुभारम्भ गरेको जनकपुरधामअयोध्या बससेवा औपचारिकता दिन पनि नियमित सञ्चालन हुन सकेको छैन्। सो अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री रामनरेश राय, सांसद परमेश्वर साहलगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.