|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल-भारत मैत्री जनकपुरधाम-पटना वस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने बताएका छन्। विश्वकै हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरधामा भारतीय पर्यटकलाई नेपाल भित्र्याउन भूमिका खेल्ने बताएका हुन् ।

मुख्यमन्त्री राउतले बस सेवाको उदघाटन गर्दै भारत विहारको राजधानी पटना र प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामलाई जोडेको हुँदा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। नेपाल-भारत मैत्री बस सेवाले नेपाल र भारतका मानिसबीच धार्मिक, सामाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गरे।

जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन नै रहेकोले भारतको विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरहरूबाट समेत हवाई सेवा संचालनको लागि पहल भइरहेको मुख्यमन्त्री राउतले बताए। उनले पोखराबाट हवाई सेवा संचालनका लागि पहिलो चरणको कुराकानी भइरहेको उल्लेख गर्दै लुम्बिनी लगायतको स्थानबाट समेत हवाईसेवा संचालनको पहल भइरहेको बताए । 

मुख्यमन्त्री राउतले नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिलाई जीवनमा एक पटक जनकपुरधाम आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेको बताए।कार्यक्रममा स्वयम्भू मंजुश्री यातायात प्रालिका अध्यक्ष अनिल चालिसे वन, पर्यटन, उद्योग तथा संस्कृति मन्त्री रामनरेश राय, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेश आमात्य सहितको उपस्थिति रहेको थियो।

जनकपुरधाम पटक बस सेवा पूर्व सम्झौता अनुसार भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.