|

काठमाडौं :  ग्यास उद्योगीहरूले ग्यासको भाडा समायोजनको लागि सरकारलाई दवाव दिएका छन्। उनीहरूले मूल्य समायोजन नभए कारोबार नै बन्दे गर्ने समेतको चेतावनी दिएका छन्। 

यसअघि सरकारलाई मागपत्र बुझाएको र सोही अनुसार सम्बोधन लागि उनीहरूले आग्रक गरेका छन्। आइतबार एलपी ग्‍यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको बताए। 'हाम्रो कारण भन्दा भारतीय ढुवानी व्यवसायीले आपूर्ति बन्द गर्ने चेतावनीसहितको पत्र पठाएका छन्' भण्डारीले भने। भण्डारीले भारतीय ढुवानीकर्ताहरूले समेत मूल्कोय समायाेजन गर्नकाे लागि पत्र पठाएको भन्दै  माग संवोधन नभए चाडपर्वकै बेला ग्यास आपूर्तिमा समस्या हुनसक्ने भण्डारीले बताए।
 
डिजेल पेट्रोलको मूल्य बृद्धि, कर्मचारीको तलब बृद्धि, बैंकको ऋणको व्याजदरमा बृद्धि, विभिन्न करको दायरामा बृद्धि तथा भन्सार नाकमा विभिन्न शुल्क लगाइदा उद्योगको खर्च बढेको संघले जनाएको छ। संघले  नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु संचालनमा आउन नसकेको भन्दै यसबाट समस्या उत्पन्न हुनसक्नेमा समेत सरकारको ध्यानकर्षण गराएकाे ५। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.