|

काठमाडौं : चार वर्षपछि हुन लागेको शहीद स्मारक डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। प्रतियोगितामा उपविजेता हुने टोलीले ३५ लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन्।

चौंथोले १५ लाख रुपैयाँ, पाँचौंले सात लाख र छैटौंले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा 'फेयर प्ले' टोलीले एक लाख पाउने छन्। प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार रुपैयाँ दिनेछ भने 'म्यान अफ दि म्याच' घोषित हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन्। तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताको लागि क्लबहरूले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ। जसमा चार विदेशी खेलाडी राख्न पाउने छन्। लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षले एक एक थान बाइक पाउनेछन्। यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ। लिग तयारीको लागि एन्फाले क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराउने छ। उक्त प्रतियोगिताको लागि पाँच करोड ८० लाख रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ। प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ) मैदानमा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.