|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध बोल्नेलाई अरिङ्गालले झै झम्टिने निर्देशन दिनु देश द्वन्दको खतरामा प्रवेश गर्नु भएको बताएका छन्। उनले सरकारको कामबाट आम जनतामा डर, त्रास र भयको वातावरण तयारका लागि सघाइ रहेको आरोप लगाएका छन्।

आइतबार जनकपुरधाममा आयोजना गरिएको नेपाल स्वास्थ्यकर्मी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै निधिले भने, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले नेकपा र सरकारविरुद्ध बोल्नेलाई अरिङ्गाल बनेर लाग्न निर्देशन दिनु अलोकतान्त्रिक चरित्र हो।

पूर्वगृहमन्त्रीसमेत रहेका निधिले कञ्चनपुरकी १४ वर्षीया निर्मला हत्या काण्डमा दोषीलाई सरकारले कानुनको कटघारामा उभ्याएर सजाय दिनुपर्नेमा संरक्षणमा लागेको आरोप लगाए। उनले भने, ‘अरिङ्गाल झै झम्टिने अभिव्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी र पत्रकारले गम्भीर रूपमा लिनुपर्छ। हैन भने, मानव अधिकारकर्मीको काम छैन।

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र राय यादवले मधेशलाई तहसनहस र बर्बाद गर्ने पार्टी फोरम र राजपा नेपाल रहेको आरोप लगाएका छन्। उनले मधेश आन्दोलनको नाममा फोरम र राजपाले जनताको भोट ठगेको आरोप लगाए।

पूर्वमन्त्रीसमेत रहेका यादवले काठमाडौंमा सबैभन्दा बढी झुठो बोल्ने ओली र मधेशमा फोरमका अध्यक्ष उपेन्द्र यादव रहेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.