|
प्रतीकात्मक फोटो

सुर्खेत : सुर्खेत बराहाताल गाउपालिका ८ हुड्केमा बड्डीचौरबाट सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ ह १९३७ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने ७१ वर्षीया गंगादेवी रामजाली मगरको मृत्यु भएको हो। क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो। अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुर्खेतकै ३२ वर्षीया चन्द्रा रोकामगर र उनकी ९ वर्षीया छोरी सर्मिला रामजालीमगर घाइते भएको प्रहरीले जनाएको छ। अटो रिक्सा र चालक पञ्चपरी नगरपालिका ८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका १ बस्ने अटो चालक भीमबहादुर रामजाली मगरलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.