|

पर्वत : सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट पोष्ट गरेर म्याग्दीको बेनीकी एक युवतीले कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छन्।

बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले आइतबार बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत क्षेत्री पर्वतको जलजला २  बगरफाँटको बौरमा बस्दै आएकी थिइन। उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए। उनले आफ्नो सामाजिक सञ्जालमा आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको बताएकी छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.