|

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले श्रम बजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन्। कर्मचारी सञ्चय कोषको ५७औँ वार्षिकोत्सवमा खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानुन बनाउन लागिरहेको बताए।

‘सबै प्रकारका श्रमिकलाई पेन्सनको दायरामा ल्याउनेगरी कर्मचारीको एउटैखाले अवकास योजना बनाउन लागेका छौँ’, उनले भने, ‘अब मुलुकभित्रका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ।’

खतिवडाले अहिले सरकारी संस्थाहरूबीच पनि फरकफरक अवकास योजना रहेको र कतिपयमा दोहोरिएको भन्दै एकद्वारामा ल्याइने जानकारी दिए। ‘कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षण कोषसमेत रहेका कारण सामाजिक सुरक्षाका कार्यक्रम नयाँ ढंगले अगाडि बढाउनुपर्ने अवस्था छ’, अर्थमन्त्री खतिवडाले भने, ‘त्यसैले सबै किसिमका प्रणलीलाई एकद्वारमा ल्याउनेगरी काम भइरहेको छ।'

नेपाल सरकारको नीतिअनुसार कर्मचारी आजासका लागि पनि काम गर्न उनले कोषलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.