|

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पहिलो पटक इटालीयन सिरी एमा गोल गर्न सफल भएका छन्। युभेन्ट्सबाट चौंथो खेलमा रोनाल्डोले दुई गोल गरेसँगै निरन्तर गोल गर्न नसकेको अबस्थामा राहत पाएका छन्। युभेन्टसले लगातार चौथो जित निकाल्ने क्रममा आइतबार भएको खेलमा सासुलोलाई २–१ ले पराजित गर्‍याे।

घरेलु मैदानमा युभेन्ट्ससले सासुलोलाई दुई गोल गर्दा दुबै गाेल रोनाल्डोको नाममा रह्यो।  सासुलोका खौमा बाबकरले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन्। खेलमा भएका सबै तीन गोल दोस्रो हाफमा संभव भएको थियो।

खेलको ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए। रोनाल्डोको यो युभेन्ट्सको लागि डेब्यु गोल हो। खेलको ५६ औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो गोल गरे। उनको यो करिअरको ४ सयौं लिग गोलका रुपमा समेत रह्यो। समग्रमा भने यो रोनाल्डोको ६ सय ६० औं गोल हो। 

खेलको ९० औं मिनेटमा सासुलोका बाबकरले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्। यस्तै खेलको इन्जुरी समयमा डुल्गास कोस्टाले रातो कार्ड पाएपछि युभेन्ट्स केहि समय १० खेलाडीमा सिमित भएको थियो। जितसंगै युभेन्ट्सले ४ खेलबाट १२ अंक भएको छ। सासुलोको लिगमा ७ अंक रहेको छ। उ तेस्रो स्थानमा छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.