|

बैतडी : जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा आइतबारराति जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।  

घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक विष्ट, जगदिश पन्त, करुणाकर पन्त र पाटन नगरपालिका–९ का राजेन्द्र बिजले रहेका छन्। घाइते चारै जनाको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरक्षक कान्तिराज जोशीले जानकारी दिए। 

बैतडीको खोड्पेदेखि बझाङ बित्थडका लागि छुटेको से १ ज ५८४ नं को जीप दुदिलाखान मोडमा आइतबार राती ८ बजे दुर्घटनामा परेको हो। जीप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। जीप चालक  सिगास गाउँपालिका १ का महेश पन्त फरार रहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.